video




PROMOTED CONTENT
by

The Naughtiest Novelty Game Of The Year!

wartune.r2games.com






मानिसको मृत्यु पनि नसोचेकै अवस्थामा हुन्छ । साहित्य सन्ध्याको १ सय ३५औं शृंखलामा कवितावाचन गर्दागर्दै शनिबार दिउँसो गोरखाका ८७ वर्षीय नेत्रमणि आचार्यको निधन भएको हो । ३१ वर्षदेखि निरन्तर चलिरहेको साहित्य सन्ध्याको कार्यक्रममा कवि आचार्य भदौदेखि निरन्तर सहभागी भएका थिए ।

कार्यक्रम सञ्चालक साहित्यकार रमेश पोखरेलका अनुसार आठौं नम्बरमा कवितावाचन गरेर सिटमा पुग्दा उनी ढलेका थिए । नजिकै रहेका अर्का कवि डम्बर पहाडीले उनलाई समाते पनि नजिकै रहेको मोडल अस्पताल लगिसक्दा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उनले निकै जोसका साथ शास्त्रीय छन्दमा कवितावाचन गरेका थिए आचार्यले हेर्दा समान्य लाग्ने तर बेजोड कविता लेख्न उनी साहित्य सन्ध्याको कार्यक्रममा भदौदेखि निरन्तर सहभागी थिए,’ साहित्यकार पोखरेलले भने। राजधानी दैनिकबाट

पोखरेलका अनुसार घरबाट बिहान दूधभात मात्रै खाएर निस्केका उनी ११ बजेतिरै रत्नराज्य क्याम्पस आइपुगेका थिए । त्यहाँ पनि उनले चिया खाएका थिए । कार्यक्रम सुरु भएपछि उनले आठौं नम्बरमा पालोअनुसार कवितावाचन गरेका थिए । सरकारी सेवामा रहेका आचार्यका दर्जनभन्दा बढी पुस्तक निस्केका छन् । उनको मृत्युपछि साहित्यसन्ध्याको कार्यक्रमसमेत रोकिएको थियो ।

कवि आचार्यकी श्रीमती अम्बिका आचार्य दुई वर्षदेखि प्यारालाइसिसका कारण बिरामी छिन् । गोरखाको गोरखा नगरपालिका–९ स्थायी घर भएका कविका तीन छोरा रामबाबु, श्यामबाबु र ध्रुवबाबु आचार्य छन् भने तीन छोरी भगवती घिमिरे, सरस्वती अधिकारी र लक्ष्मी देवकोटा छन् ।

शनिबारै लेखेर
आचार्यले वाचन गरेको कविता

खेल्दै जंगलमा कुनै चुलबुले मुस्कानले शोभित
कर्के दृष्टि र पोटिलो बदनले पार्थिन् निकै मोहित
तिन्कै दर्शन प्राप्ति निम्ति जनको हुन्थे कथा दौडको
सम्झेँ आज झलक्क त्यै दिन अहा त्यो सत्र अठ्ठारको

नाना रम्य विचित्रका कुसुमले लोलाउँथे लोचन
गथ्र्यो स्वच्छ हिमालका पवनले यो देहमा स्पन्दन
त्यो बेला घर दाजुभाइ बहिनी सम्पत्ति सम्झन्छ को ?
झल्को लाग्छ वसन्त अन्ध धमिलो त्यो सत्र अठ्ठारको

बल्दो अग्नि जहाँ दियो, रवि जहाँ ताराहरू पिल्पिल
लाग्नेझैँ मृगलोचनी नमिलँदा हुन्थेँ सधैँ विह्वल
त्यो पाएपछि पूर्ण भो सफल भो अत्यन्त आनन्द भो
बिस्र्यूँ के म वसन्तको सरलता त्यो सत्र अठ्ठारको

सुन्दैमा कमनीय त्यो समयको संवाद व्यंग्यात्मक
गाउँमा वनमा तथा सहरमा घुम्न अनावश्यक
मै राम्रो गतिशील फुर्फुर सधैं संकेत सानन्दको
झल्को लाग्छ मलाई कुन्नि किन हो त्यो सत्र अठ्ठारको

मानांै बाग थियो घना वन तथा झस्को फुलेका फूल
कालो मेघ मडारिँदा त सहसा पाथ्र्यो मनै तुल्बुल
क्वैलीको कुहु नै थियो सूर्योदयको ओहो नयाँ रेतको
सम्झेको छु वसन्तको तरलता त्यो सत्र अठ्ठारको

सारा मानवमा वसन्त महिमा सौन्दर्य नै हो तर
छायाको अतिरिक्त मार्ग तरुको शोभा वृथा हुन्न र ?
जस्मा यौवन सम्पदा सहचरी पन्ना थिइन् हारको
सम्झी बस्छु वसन्तको मधुरता त्यो सत्र अठ्ठारको

हल्का वस्त्र रुचाउने फिरफिरे चाहिन्न त्यो स्वीटर
देखिन्थे वन वाटिका कुसुमका फक्राइले सुन्दर
छर्दै थे नवपालुवा पनि जहाँ सन्देश उल्लासको
सम्झिरेछु वसन्तका दिनहरू त्यो सत्र अठ्ठारको

झल्को लाग्छ अतीतका दिन अझै त्यो चैत वैशाखको
भन्थे केवल मै ठूलो जगतमा होलान् मजस्तो त को
चक्नाचुर भयो अनि चुरीफुरी बेला छ सूर्यास्तको
पैले झैँ अब त्यो वसन्त कहिले पाइन्न चाहन्न भो
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment