video







डिसीनेपाल डटकम – तिहारमा खेलिने देउसी भैलो राति १० बजे भन्दा उता खेल्न नपाइने भएको छ ।



जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाउने बताएको हो ।



यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यस विपरित गरेमा कानुन अनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।



तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटाका जस्ता प्रज्वलनशित पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नर्गन पनि प्रशासनले आग्रह गरेको छ ।


कसैले पटाकासहितका विस्फोटजन्य पदार्थ प्रयोग गरेको पाएमा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment