![]() |
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।
हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो । सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरुका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका थिए ।
![]() |

0 comments:
Post a Comment