video







काठमाडौं, ७ कार्तिक ।लिओनल मेस्सीले अतिरिक्त समयमा गरेको पेनाल्टी गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ । साथै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले हराएको हो ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले कमब्याक गर्यो र ५२ र ५६ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लियो । खेलको ६२ औं मिनेटमा लुइस स्वरेजले बराबरी गोल फर्काए । दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरी उन्मुख थियो । तर, अतिरिक्त समयमा स्वरेजलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । जसमा मेस्सीले सहजै गोल गरे ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment