![]() |
अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि कयौ महिलाले गम्भीर आरोप लगाइसकेका छन् । यसैबीच अब एक जना पोर्नस्टारले उनीमाथि सनसनीखोज आरोप लगाएकी छन् । एडल्ट चलचित्र स्टार तथा निर्देशक जेसिका ड्रेकका अनुसार ट्रम्प उनीसँग एक रात बिताउनका लागि दश हजार डलर अफर गरेका थिए । जेसिकाले आफ्नो कुरा पुष्टि गर्नका लागि ट्रम्पका साथ लिइएको तस्वीर पनि सार्वजनिक गरेकी छन्।
लस एन्जल्समा शनिबार अपरान्ह ४२ वर्षीया जेसिकाले संचारमाध्यमसँग भनिन्–मैले पहिलोपटक सन् २००६ मा ट्रम्पलाई भेटेकी थिएँ । एक वर्षपछि उनको विवाह भइसकेको थियो । उनले पटकपटक मसँग रात बिताउन आग्रह गरे । अस्वीकार गर्दा दश हजार डलरको प्रलोभन दिए । जेसिकाले भनिन्–यसअघि म दुई महिला साथीसँग ट्रम्पको पेन्टहाउस गएकी थिएँ । त्यहाँ उनले सहमतिबिनै सबैलाई किस गरे र सबैलाई अँगालो मारे ।
जेसिकाले आफु दश वर्षअघि विक्ड पिक्चर्सका लागि काम गर्ने गरेको बताइन् । यही क्रममा एक दिन बिहानै ट्रम्पसँग भेट भएको उनको भनाइ छ। अरबपति विजनेशम्यानले गल्फ कोर्समा सँगै हिड्न भनेको त्यही क्रममा ट्रम्पले आफ्नो फोन नम्बर लिएको उनको भनाइ छ। जेसिकाका अनुसार साँझ उनले फोन गरेर कोठामा आउन भनेका थिए । तर, आफूलाई एक्लै उनको कोठामा जान ठिक नलागेकाले साथी लिएर गएको जेसिकाको दावी छ। त्यहाँबाट निस्केपछि पनि फर्कन ट्रम्पले पटकपटक फोन गरेको जेसिकाले बताइन् । तर, ट्रम्पले भने जेसिकाको आरोप अस्वीकार गरेका छन् । ट्रम्पले जेसिकासँग आफ्नो चिनजानसमेत नभएको बताएका छन् । एजेन्सी
![]() |

0 comments:
Post a Comment