![]() |
उनको लगन र मेहनतले यस्तो रंग ल्याई दियो की तिनै चम्पा हिजोआज औद्योगिक नगरी विराटनगरमा सफल उद्यमीको सूचीमा परेकी छिन् । विराटनगरमा ठूला उद्योग र उद्योगीको निकै चर्चा हुन्छ तर चम्पाले भने सानो उद्यम गरेरै औद्योगिक नगरीमा ठूलो पहिचान बनाउन सकेकी छिन्।
चम्पा विराटनगर–६ निवासी हुन्। घरमै जुत्ता कारखाना खोलेकी छिन्। आफू पनि जुत्ता सिउँछिन्। आफूजस्तै महिलालाई पनि जुत्ता सिउने काम दिएकी छिन्। सीप सिक्न चाहनेलाई तालिम पनि दिन्छिन्।
२०६९ सालमा घरेलु महासंघले १५ दिने जुत्ता सिलाई तालिम खोलेको चम्पाले पनि थाहा पाइन्। भाग लिन आवेदन दिइन् तर श्रीमानले पहिलो दिन त जानै दिएनन्। सासूससुराले पनि बाहुनकी बुहारी जुत्ता सिउने सीप सिक्न जाँदा के भन्लान भनेर अड्चन माने। तर, चम्पाले आफ्नो ढिट छाडिनन्।
उनी तालिममा सहभागी भईन्। चम्पा भन्छिन्, १५ दिनको तालिम थियो तर मैले दश दिनमै कोर्सका सबै विषयमा दख्खल राखें, मैले जुत्ता सिउन र बनाउन सिकें। सीप जानेपछि घरमै उद्योग चलाउनु पर्यो भन्ने सोच आएको उनले बताइन्।
चम्पाले खोलेको घरेलु उद्योगमा उत्पादन हुने जुत्ता अहिले विराटनगरको ब्रान्ड बनेर अष्टे«लियासम्म पुग्न थालेको छ। विराटनगर, धरान, झापा, काठमाडौं, पोखरामा पनि जुत्ताको माग बढेको छ। खासगरी ढाकाको कपडाबाट बन्ने जुत्ती र छालाको जुत्ता तथा चप्पलको माग अधिक भएको उनले बताइन्।
चम्पा भन्छिन्, तालिम सकेर उद्योग खोल्नु पर्यो जुत्ता बनाउने फर्माको विषयमा जानकारी भएका एकजना टोलकै दाईसँग कुरा गरें तर चालिस हजार पर्छ भनेर पन्छनु भयो, पछि बुझ्दा त ६ सयमा त्यो फर्मा आयो।
चम्पा अहिले आफूजस्तै महिलालाई प्रशिक्षण दिन देशका विभिन्न भागसम्म पुग्न थालेकी छिन्। पछिल्लो समय पोखरा गएर उनले आफूजस्तै महिलालाई प्रशिक्षण दिएका थिइन। सुनसरीको पकली क्याम्पमा सशस्त्र महिला प्रहरीलाई पनि जुत्ता बनाउने प्रशिक्षण दिएकी उनले प्रशिक्षण दिएवापत सबैभन्दा धेरै एकैपटक ७५ हजार रुपैयाँ आम्दानी भएको बताइन्।
चम्पा भन्छिन्, गर्न चाहँदा र सीप हुँदा हामी महिलाले पनि व्यवसाय चलाउन सक्ने रहेछौं भन्ने मलाई अनुभव भएको छ। उद्योगबाट खर्च कटाएर उनले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन्।
चम्पाका श्रीमान विद्युत प्राधिकरणमा जागिरे छन्। सुरुवाती दिनहरु निकै संर्घषपूर्ण बिताएको यो जोडीले अहिले आफ्ना सन्तानको भरणपोषण र शिक्षादीक्षामा भने कुनै कमजोरी गरेका छैनन्। चम्पाकै कमाईको बलमा भर्खरै छोरालाई अष्ट्रेलिया पढ्न पठाएका छन्। छोरी काठमाडौंमा नर्सिङको पढाई सकेर इन्टर्नसीप गर्दै छिन्। अन्नपूर्ण पोस्टबाट
![]() |

0 comments:
Post a Comment